काठमाडौं मेयरमा एमालेका उम्मेदवार केशव स्थापित, उपमेयर स्वतन्त्र मेयरमा उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोल

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरको उम्मेदवार बनाउने भएको छ । पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

२०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपालि फेरि अघि सारेको हो । स्थापित अहिले बागमती प्रदेश सांसद छन् । उनी बागमती प्रदेशका पूर्व भौतिक मन्त्रीसमेत हुन् ।

त्यस्तै, एमालेले उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी पूर्व मिस नेवा हुन् । यसअघि डंगोलले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्