कांग्रेस ताप्लेजुङको घोषण पत्र सार्वजनिक : कांग्रेसको गन्तव्य गरीबीको अन्त्य 

गंगा लिङ्खिम
काठमाडौं ।
आगामी बैशाख ३० हुने स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेस ताप्लेजुङले घोषण पत्र सार्वजनिक गरेको छ । सुशासन र समृद्धिको आधार स्थानीय तहमा कांग्रेसको सरकार भन्ने मूल नाराका साथ  कांग्रेसको संकल्प स्थानीय तह निर्वाचन २०७९ जारी गरेको हो ।

शुक्रबार जिल्लास्थित पार्टी कार्यालयमा नेपाली कांग्रेस जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याहाङ लगायत पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताको संयुक्त उपस्थितिमा पत्रकार सम्मेलन गरी उक्त घोषण पत्र सार्वजनिक गरिएको हो । 

 घोषण पत्रमा २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमाले र माओवादीले बनाएको दुई तिहाइ नजिकको सरकारले आफ्नो घोषण नीति सिद्धान्त र आश्वासन अनुसार काम गर्न नसकेको उक्त अधुरा कार्य पुरा गर्न पार्टी र गठबन्धन भएको जनाएको छ । 

यस्तै पार्टीले आगामी  ५ वर्षमा ताप्लेजुङलाई व्यवसाय मैत्री, प्रगतिशील करको अवधारणा अनुसार मेघा प्रोजेक्टरलाई अवसर, रोजगार, बिद्युत्, खानेपानी, शिक्षा स्वास्थ्य, मोटरबाटो स्थरउन्नती (कालोपत्रे) गर्ने प्रतिबद्धता जनाएको छ । 

यो सँगै भ्रष्टाचार अन्त्य, सुष्म कृषि प्रणालीलाई प्रोत्साहन, सामाजिक सुरक्षालाई प्राथमिकता दिदै पाथीभरा दर्शनार्थी, फुङफुगे झरना, फक्ताङलुङ, कञ्चनजंघा, तिम्बुङ पोखरी र अन्य पर्यटकीय स्थलहरूमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनका लागि आकर्षण दिइने जस्ता संकल्प र मार्गचित्र प्रस्तुत गरेका छन् । 

कांग्रेसको गन्तव्य गरीबीको अन्त्य भन्दै नेपाली कांग्रेस जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याहाङले उक्त घोषण पत्र सार्वजनिक गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्