लेलेपमा छोराद्धारा आफ्नै बुबा र आमाको हत्या

ताप्लेजुङ । ताप्लेजुङमा छोराले आफ्नै बुबा र आमाका हत्या गरेका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा छोराले बृद्ध बुबा आमाको हत्या गरेका हुन् ।

लेलेपको गोटीछाँगा भन्ने ठाउँमा २५ वर्षीय छोरा आइतराज लिम्बूले अन्दाजी ७५ वर्षीय बुबा बृखबहादुर लिम्बू र ७२ वर्षीय आमा फिपरानी लिम्बूको हत्या गरेका हुन् ।

धारिलो हतियार प्रहार गरी आइतराजले घरमै बाबु आमाको हत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक कैलाश राईले बताए ।

आइतराजलाइ नियन्त्रणमा लिइसकेको र घटनाका बारेमा अनुसन्धान सुरु भएको समेत उनले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्