थापाको घोषणापत्र निःशुल्क स्वास्थ्या सेवा उपलब्ध गराउने देखि विद्युतमा छुट दिनेसम्म


ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका वडा नं. २ मा झरेन्द्र प्रसाद थापा वडा अध्यक्षको उम्मेदवार भएका छन् । लामो समय शिक्षण पेशा आवद्ध रहेका थापा एमालेको तर्फबाट उम्मेदवार भएका हुन् । विभिन्न सामाजिक संघ संस्थामा रहेर सामाजिक गतिविधिमा सक्रिया थापा आफ्नो वडालाई विकास गर्न उम्मेदवारी दिएको बताउँछन् । उनि भन्छन्, “धेरै सम्भावना बोकेको भएपनि यो वडा नं २ हरेक क्षेत्रमा कमजोर रहेको छ । वडा कार्यलयको आफ्नै भवन नभएको, स्वस्थ्य चौकि भवन नभएको, पशु अस्पताल ,कृषि जेटीए नभएको आयमुलक उत्पादन र कृषि क्षेत्रमा नजोडिएको ,शैक्षिक सुधारतर्फ उन्मुख नभएको यावत समस्यालाई समाधान गरि सुखि र समृद्ध वडा बनाउन उम्मेदवारी दिएको हुँ ।” उनले वडा कार्यलय भवन दुई वर्षभित्रमा निर्माण गर्ने, वडाबासीलाई निःशुल्क स्वास्थ्या सेवा उपलब्ध गराउने, पशु पालन गर्ने कृषकका लागि भेटनरीको व्यवस्था गर्ने, शैक्षिक क्षेत्रलाई सुधार, सडक स्तरोन्नती साथै विद्युत महसुलमा छुट तथा युवाहरुलाई रोजगारमुखी कार्यक्रम सञ्चालन गर्ने आदी कार्यक्रमलाई घोषणापत्रमा समेटेका छन् ।
वडा अध्यक्ष पदका उम्मेदवार थापाका प्रतिवद्धताहरुः
१, वडा कार्यालयको भवन २ बर्ष भित्रमा निर्माण गरीनेछ ।
२, विजय भएपछि घर भाडामा लिई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइनेछ । साथै ३ वर्ष भित्रमा स्वस्थ्य चौकि भवन निर्माण गरीनेछ ।
३, पशुपंक्षि क्षेत्रमा पशु भेटनरीको ब्यवस्था गरीनेछ ।
४, कृषि सडक स्तरोन्नती र ढल निकासको प्रबन्ध मिलाइनेछ ।
५, शैक्षिक क्षेत्रमा नातावाद कृपावाद राजनीति र सेटिङद्धारा नभई योग्यता क्षमता र व्यवस्थित परिक्षा प्रणालीद्धारा करार कर्मचारी , शिक्षकको छनौटको ब्यवस्था मिलाइनेछ ।
६, वृद्ध भत्ता, एकल भत्ता, दलित भत्ता, अपाङ्ग भत्ता खाने वडाबासीहरुको नाम स्पष्ट रुपमा सुचिकृत गरी पारदर्शि गरीनेछ । साथै विभेदको कारण उल्लेखित भत्ताबाट बन्चित भएका वडाबासिहरुलाई खोजि खोजि भत्ता पाउने ब्यवस्था मिलाइनेछ ।
७, मिक्वाखोला गाउँपालिकाबाट सबै वडा हुदै सदरमुकाम जाने सडक स्तरोन्नती गरी यातायातको प्रबन्ध मिलाइनेछ ।
८, पशुपालक कृषकहरुलाई पशु विमा गरी कृषकहरुलाई आइपर्ने दैविक प्रकोप दुर्घटनाबाट बचाइने प्रबन्ध मिलाईने छ ।
९, वडा कार्यालयका जनप्रतिनीधिहरुलाई जिम्मेवार बनाई वडाको विकास निमाणर्को काममा खटिने र खटाइने प्रबन्ध मिलाइनेछ ।
१०, कृषि क्षेत्रमा सुधार गरी नगदेवालिको विकासका लगि मलखादको व्यवस्था गरीनेछ ।
११, योजना विनियोजनमा पक्षपात हुनेछैन , आवश्यकताका आधारमा विनियोजन गरीनेछ साथै आफ्नो गाउँको योजना सोही गाउँको जनसमुदायले गर्ने बातावरण मिलाइनेछ ।
१२, वडाको बिकाशमा बुद्धिजिवी, समाजसेवी, शिक्षक, युवा र महिला सबैसँग सरसल्लाह सहयोग लिई विकासमा अपनत्व हुने व्यवस्थाको विकास गरीनेछ ।
१३, सम्पुणर् पर्यटकीय क्षेत्र धार्मीक क्षेत्रलाई व्यवस्थित गरी प्रचार प्रसार गरीनेछ ।
१४, स्थानिय स्तरमा सञ्चालन गर्न सकिने युवा स्वरोजगार अन्तर्गत फर्निचर उद्योग , बाख्रापालन , माछापालन , कुखुरापालन, बङगुरपालन , दुग्ध उत्पादनसंग सम्बन्धित व्यवसाय गर्न इच्छुक युवाहरुलाई साझेदारी साथै सहयोग कार्यक्रमको व्यवस्था मिलाइनेछ ।
१५, युवा खेलकुद कार्यक्रमलाई प्रोत्साहन गरीनेछ ।
१६, आवश्यकताको आधारमा इच्छुक सबैलाई सिपमुलक तालिम को व्यवस्था मिलाइनेछ ।
१७, विद्युत सेवाबाट बञ्चित घरधुरीमा सहुलियत दरमा विद्युत सेवा पुर्याई विद्युतिय सेवालाइ प्रोत्साहन गरीनेछ ।
१८, खेतियोग्य जमिनमा सिचाँइको आवश्यक व्यवस्था मिलाइनेछ ।
१९, समय सापेक्ष प्राबिधिक धारतर्पmको शिक्षा लिनको लागी व्यवस्था मिलाइनेछ ।
२०, गरिब, बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा लिनको लागी व्यवस्था मिलाइनेछ ।
२१, बैदेशिक रोजगारीबाट फर्कीएका युवायुवतिहरुलाई व्यवसायिक बनाउन सहयोग गरीनेछ ।
२२, मोटरबाटो नपुगेको टोलमा मोटरबाटो पुर्याइनेछ ।
२३, प्रत्येक आर्थिक बर्षको अन्त्यमा अनिवार्य सार्वजनिक सुनुवाई गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्