नारायणगढ–मुग्लिन सडक भोलि नयाँ वर्षका दिन बन्द नहुने

चितवन, ३० चैत्र  / राजधानी काठमाडौँसगँ जोड्ने  नारायणगढ–मुग्लिन सडक भोलि नयाँ वर्षका दिन भने पुरै समय खुल्ने छ ।हाल  दिउँसो ६ घण्टा बन्द गरेर निर्माणको काम भइरहेको छ ।

चितवन जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख, प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार नारायणगढ–मुग्लिन सडक आयोजनाले बैशाख १ गते शनिबारका दिन सडक बन्द नगर्ने निर्णय गरेको छ ।

‘अरु बेला बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म बन्द गरेर निर्माणको काम हुँदै आएको नारायणगढ मुग्लिन सडक नयाँ वर्षको दिन खुल्ला रहने भएको छ,’ प्रहरी निरीक्षक पन्तले भने ।

नारायागढ–मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो सडक बनाउन निर्माणको काम भइरहेको छ । तीन वर्षअघि सुरु भएको काम अब अन्तिम चरणमा छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अहिलेसम्म निर्माणको ८८ प्रतिशत काम पुरा भएको छ । जेठको अन्तिमसम्म काम सक्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ । आइतबारदेखि सो सडक पहिलेको जस्तै ६ घण्टा नै बन्द हुने छ ।


प्रतिक्रिया दिनुहोस्