६ जना पत्रकारलाई टर्कीमा आजीवन जेल सजाय ।

काठमाडौं, ५ फागुन– टर्कीमा ६ जना पत्रकारलाई आजीवन जेल सजाय सुनाइएको छ । सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा उनीहरुलाई यो सजाय सुनाइएको हो ।

इस्तानवुल अदालतले पत्रकारहरु नाज्ली लिकाक, एहमेत एलतान, मेहमेत एलतान, फेब्जी याजिसी, याकुप सिमसेक र सुक्रु तगु्रल ओजसेनजुललाई आजीवन काराबासको सजाय सुनाएको हो ।

सरकार विरोधी गतिविधिमा संलग्न रहेको तथा अमेरिका समर्थित इस्लामिक धर्मगुरु फेथुल्लाह गुलेनसँग साँठगाँठ रहेको आरोपमा दोषी पाइएपछि ६ जना पत्रकारलाई सो सजाय सुनाएको बीबीसीले उल्लेख गरेको छ ।

अदालतको निर्णयको संयुक्त राष्ट्रसंघ लगायत, मानवअधिकारवादी समूह, तथा अन्य सञ्चारमाध्यमका प्रतिनिधिहरुले निन्दा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्