काठमाडौंको बूढानीलकण्ठ १ मा एमालेको प्यान नै विजयी

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१ मा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार सुरेन्द्र लामा विजयी भएका छन् । उनीसहित प्यानलै विजयी भएको छ ।

अध्यक्ष लामाले ८४५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी कांग्रेसका उम्मेदवारले ४७४ मत ल्याए ।

त्यसैगरी नगर प्रमुखमा एमालेले अग्रता बढाएको छ । एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाएका छन्।​

पमेयरमा पनि नेकपा एमालेलेनै अग्रता लिएको छ । एमालेका तर्फबाट अनिता लामाले ८ सय १२ मतसहित अग्रता बनाएकी छन् भने उनलाई कांग्रेसकी रमिला वाग्लेले ४ सय ५३ मतसहित पछ्याइरहेकी छन् ।


प्रतिक्रिया दिनुहोस्