फुङ्लिङ नगरपालिका ११ मा माओवादीको प्यानलै विजयी

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ११ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका युबराज भट्टराई ३ सय ५७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मनित इजमख२ सय ४९ मत मत ल्याएका छन् ।

यसैगरी महिला सदस्यमा माओवादी कै बिनिता राइले ३५८, दलित महिला सदस्य कमला बिकले ३४७, खुला सदस्य लक्ष्मी बिष्टले ३७८ र नन्दकुमार इजमले ३३७ मत ल्याएर विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्