फुङलिङ नगरपालिका वडा नं. १० मा गठबन्धनको प्यानलै विजयी

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. १० मा गठबन्धनको प्यानलै विजयी भएको छ । गठबन्धनको तर्फबाट सन्तोष लिम्बु (माओवादी केन्द्र) ५६२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका गम बहादुर लिम्बुले ४६३, जसपाका श्रीहाङ लिम्बुले ६३ र राप्रपाका युवराज संग्रौलाले ३ मत प्राप्त गरेका छन् ।

त्यस्तै खुल्ला सदस्यमा कृष्ण प्रसाद लिम्बु र प्रेम बहादुर लिम्बु (काँग्रेस), दलित महिला सदस्यमा पम्फा दमाई (माओवादी केन्द्र) र महिला सदस्यमा कमला खत्रि (नेपाली काँग्रेस) विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्