फत्ताङलुङमा भत्कियो एमालेको बिरासत अध्यक्षमा माओवादीका मुक्ति भारी मतले विजयी

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका राजन लिम्बु (मुक्ति) भारी मतले विजयी भएका छन् । आईतबार राती घोषणा भएको मत परिणाम अनुसार आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका सरोज लिम्बुलाई ३४८ मतको फराकिलो मतान्तरले पछि पार्दै पालिका अध्यक्षमा मुक्ति विजयी भएका हुन् । मुक्तिले २,६६० मत प्राप्त गर्दा एमालेका सरोज लिम्बुले २,३१२, जनता समाजवादी पार्टी ( जसपा) की मंजिता लिम्बूले १५० साथै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भिम कुमार लिम्बुले ४० मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका रविन साम्रा लिम्बु (विकास) २,३५८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेकी शान्ता लिम्बू (पौडेलले) २,२१२, जसपाका श्रीप्रसाद लिम्बूले ३४९ साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ललित कुमार लिम्बुले २८ मत प्राप्त गरेका छन् । गत २०७४ को निर्वाचनमा एमालेका सरोज लिम्बू गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।


प्रतिक्रिया दिनुहोस्