फुङलिङ ६ को वडा अध्यक्षमा कांग्रेसका मदन गुरुङ विजयी 

फुङलिङ । फुङलिङ नगरपालिका वडा नं. ६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मदन गुरुङ (तेज) विजयी भएका छन् । ४६१ मत ल्याई गुरुङ विजयी भएका हुन् । 

पराजित एमालेका उम्मेद्वार यीगेन्द्र कुमार गुरुङले ३४३ मत प्राप्त गरे । यसै गरि वडा सदस्यमा सीता लाबुङ लिम्बुले ४४७ मत प्राप्त गरेकी छिन् । दलित महिला सदस्यमा टीका सिवा ४१७ मप प्राप्त गरेकी छन् । 

साथै खुुल्ला वडा सदस्यहरूमा लक्ष्मी प्रसाद तिवारी ३७५ मत प्राप्त गरेर विजयी भएका छन् भने एमालेका जयप्रकाश लिम्बू ३७९ मतका साथ विजयी भएका छन्  । 

वडा नं. ६ मा ८७८ मत खसेको थियो ।


प्रतिक्रिया दिनुहोस्