ताप्लेजुङका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूले लिए शपथग्रहण

 ताप्लेजुङ ।  ताप्लेजुङमा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित प्रमुख तथा अध्यक्षले शपथग्रहण गरेका छन् । जिल्लाका ९ स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश प्रकाश राउतले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकाका नवनिर्वाचित प्रमुख अमिर मादेनसहित ८ गाउँपालिकाका अध्यक्षहरूले शपथग्रहण लिएका छन् । 

जसमा पाथीभरा याङ्वरक गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केशरकुमार सुब्बा, मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेम, आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमु, मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले शपथ लिएका छन् ।

यस्तै फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति), सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई, सिरिजङ्घा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले र मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङबीर (डम्बर) हाङ्गामले पद तथा गोपनीयताको शपथग्रहण लिएका हुन् ।  


प्रतिक्रिया दिनुहोस्