झुठो समाचारमाथि नियमन हुन्छ : सञ्चार राज्यमन्त्री

धुलिखेल / सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले झुठो र उल्टोपाल्टो समाचार दिने सञ्चार माध्यममाथि नियमन गरिने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति काभे्रले आज बनेपामा आयोजना गरेको ‘राष्ट्रिय शिक्षक दिवस’ कार्यक्रममा उहाँले पत्रकारले पनि संविधान र कानुन मान्ने परम्परा विश्वव्यापीरुपमा रहेको स्मरण गराउँदै तर सरकारले प्रेसमाथि नियन्त्रण नगर्ने स्पष्ट गर्नुभयो ।

पछिल्लो समयमा पत्रकारबाट गलत सन्देश प्रवाह गर्न खोजिएको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जाजले जे मन लाग्यो त्यही गरेकामा आपत्ति जनाउनुभयो । सामाजिक सञ्जाललाई अब यस्तो गर्ने छुट नभएको बताउँदै उहाँले त्यसको नियमन गर्ने बताउनुभयो । “कानून र संविधान कहाँको पत्रकारले मान्दैन ? त्यो बताउनुभयो प¥यो”–उहाँले भन्नुभयो, “अधिकार र उत्तरदायित्व सँगसँगै जान्छ ।” रासस


प्रतिक्रिया दिनुहोस्