फुङ्लिङ नगरको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी

ताप्लेजुङ। ताप्लेजुङको एक मात्रै फुङ्लिङ नगरपालकिाको कार्यपालिकामा गठबन्धनको प्यानलै विजयी भएको छ । नगर कार्यपालिका सदस्य चयनका लागी बुधबार (आज) भएको निर्वाचनमा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भएका हुन् ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार खुल्ला तीनसहित आठजना कार्यपापालिका सदस्य चयनका लागी बुधबार मतदान भएको थियो । निर्वाचन प्रकृयामार्फत नेकपा एमालेका तर्फबाट कार्यपालिका सदस्यका प्रत्यासीहरुलाई पराजित गर्दै गठबन्धन विजयीभएको हो ।

गठबन्धनतर्फ निर्वाचित महिला सदस्यमध्ये कार्यपालिका सदस्य निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट सीता नेपाल, कमला खत्री, सविना मादेन र भीमकला दर्जी र नेकपा (माओवादी केन्द्र) बाट बिनिता राई रहेकी छन्। यस्तै, खुल्ला दलित वा अल्पसङ्ख्यकतर्फ नगर कार्यपालिका सदस्यमा काँग्रेसका दिनेशखबास तथा माओवादी केन्द्रका गङ्गाराम शङ्खर र साङ्गे पाल्देन शेर्पा निर्वाचित भएका छन् ।

एमालेबाट प्रत्याशी बनेका नवनिर्वाचित महिलासदस्यमध्येबाट शान्ता मादेन राई, बबिता बि.क. मीना आचार्य बराल, रीता दर्नाल र गङ्गा दर्नाल गठबन्धनसँग पराजति भएका छन् । खुला दलत िवा अल्पसङ्ख्यकतर्फ पनी शान्तकुमार सुनुवार, दुकुमार शेर्पा र लालुमाया सार्की पराजित भएका छन् । प्रमुख र उपप्रमुखसहित ५७ जना मतदातामध्ये गठबन्धनको ३३ र एमालेको पक्षमा २४ जना मतदाता रहेका थएि ।


प्रतिक्रिया दिनुहोस्