मूल्य घटाएको एकसातामै पुनः निगमले बढायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, प्रतिलिटर कति ?

काठमाडौं । चौतर्फी दवाबपछि बल्लतल्ल पूर्वाधार कर हटाएको नेपाल आयल निगमले इन्धनको भाउ पुनः बढाएको छ ।

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले इन्धनको भाउ बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२र१२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

निगमले चौतर्फी दवाबपछि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ घटाएको थियो ।

मूल्य घटाएको एकसातामै पुनः निगमले मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल मट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ ।

निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ । तर, ग्यासको मूल्य पनि स्वचालित बनाउने तयारी भइरहेका कारण निकट भविष्यमै ह्वात्तै बढ्नसक्ने सम्भावना छ ।

निगमले मूल्य बढाए पनि इन्धनमा पाक्षिक रुपमा ३०१ करोड घाटा रहेको दाबी गरेको छ । निगमले सबैखालका इन्धनमा घाटा रहेको उल्लेख गरेका कारण निकट भविष्यमै पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने निश्चितप्राय देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्