मिस नेपालको उपाधि प्रियंका रानी जोशीलाई

काठमाडौं । मिस नेपाल वल्र्ड–२०२२’को उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले चुमेकी छन् । शनिबार साँझ ललितपुरको गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा भएको अन्तिम प्रतिस्पर्धामा अन्य २३ प्रतिस्पर्धीलाई उछिनेर प्रियंकाले यसपटकको मिस नेपाल वल्र्डको ताज जितेकी हुन् ।

अब उनले आगामी डिसेम्बरमा हुने मिस वल्र्डमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छन् । उपाधि जितेपछि सबैलाई धन्यवाद दिँदै मिस नेपाल प्रियंकाले अबको मिस वल्र्डमा नेपाललाई चिनाउँदै उपाधि चुम्नु नै आफ्नो पहिलो लक्ष्य रहने बताएकी छन् ।

बिगत दुई वर्ष कोभिडका कारण भौतिक दूरी कायम गर्दै मिस नेपाल वल्र्डको चयन गरिएको थियो । यसपटक कोरोनाको कहर कम भएपछि मिस नेपालको चयन विशेष कार्यक्रमबीच गरिएको हो ।

प्रतियोगितामा मिस नेपाल अर्थ २०२२ को उपाधि सरिशा श्रेष्ठले हासिल गरिन् । यस्तै, मिस नेपाल इन्टरनेसनल २०२२ को उपाधि न्यान्सी खड्काले प्राप्त गरिन् ।


प्रतिक्रिया दिनुहोस्