अमेरिकामा आर्थिक मन्दी आउन सक्ने चेतावनी, तत्कालै मुद्रास्फीति नियन्त्रण गर्नुपर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का पूर्वआर्थिक प्रमुख केन रोगफले अमेरिकामा आर्थिक मन्दी आउन सक्ने चेतावनी दिएका छन् ।

केनले अमेरिकी अर्थतन्त्र अब एकपटक मन्दीमा नपुगी मुद्रास्फ्रीति नियन्त्रण गर्न असम्भव रहेको बताएका छन् । सीएनएनसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘अमेरिकी फेडरल रिजर्भ बैंकले कि त तत्कालै मुद्रास्फीति नियन्त्रणमा गर्नुपर्छ कि त आर्थिक मन्दीमा जान तयार हुनुपर्छ ।’

केनले मन्दीमा जानुभन्दा मुद्रास्फीति नियन्त्रण गर्नु नै उचित विकल्प हुन सक्ने बताएका छन् । ‘फेडरल रिजर्भ बैंकले समयमै बुझ्नेछ र तीव्रगतिमा बढिरहेको मुद्रास्फीतिलाई नियन्त्रण गर्नेछ ।’

केनले अमरिकाले हाल चलेको रुस–युक्रेन युद्धका कारण अमेरिकामा मन्दी आउन सक्ने पनि चेतावनी दिए । ‘रुस र युक्रेनको लामो युद्धले विश्वव्यापी खाद्यसंकट बढेको छ र इन्धनको मूल्यवृद्धिले अमेरिकालगायत मुलुकहरु आर्थिक मन्दीको चपेटामा परेका छन्’, उनले भने ।

अमेरिकाको ४० वर्षको इतिहासमै अहिले मुद्रास्फीति उच्च विन्दुमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्