नेकपा (एकीकृत समाजवादी) मात्र समाजवादको यात्रामा हिड्ने सच्चा कम्युनिस्ट पार्टी हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादि)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत समाजवादी पार्टी मात्र समाजवादको यात्रामा हिड्ने सच्चा कम्युनिस्ट पार्टी भएको बताएका छन । नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) काभ्रेको जिल्ला भेलामा बोल्दै नेता खनालले समाजवादी राज्य व्यवस्थाले जनताको जीवन स्तर उकास्ने बताएका हुन ।
खनालले आगामि संघ र प्रदेशको निर्वाचनमा गठबन्धन हुने पनि बताए ।

उनले भने (वामगठबन्धनको चर्चा चलिरहेको छ , तर त्यो सम्भब छैन । बामगठबन्धनमा साना ठुला सबै कम्न्युष्ट पार्टीहरू पर्दछन , यथास्थितिमा एमालेसंग गठबन्धन गरेर चुनाबमा जान सकिदैन । एमालेका केही नेता (कार्यकर्ताहरू पार्टी एकता वा गठबन्धन गर्नुपर्छ भनिरहेका छन ,आफुसंग अस्ति , हिजो , आज र अहिलेसम्म पनि कुरा गर्न आईरहेको खुलासा गरे । एमालेसंग चुनाबि गठजोड नहुने , सम्मानजनक पाँचदलिय गठबन्धन हुनेमा विस्वस्त पार्दै , समाजवादी एक्लै चुनावमा होमिने मानसिकता बनाएर संगठन विस्तारमा लाग्न खनालले कार्यकर्तालाई निर्देशन दिए ।

समाजवादीका पोलिटब्युरो सदस्य तथा पूर्वसंबिधान सभा सदस्य कृष्णप्रसाद सापकोटाले सबै वर्गलाई समान हकअधिकार प्राप्तिका लागि समान पहुच बनाउन लैङ्गकि, जातिय , वर्गिय साङ्गठानिक छुट दिईएको बताए । जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य टोक बाहादुर वाईवाले पार्टीमा विभिन्न संगठन निर्माण गरिएको हुन्छ तर ती संगठनले अन्य जाति ,धर्म र सम्प्रदायलाई असर नपुर्याई आफ्नो पहिचान बचाउन भूमिका खेल्नु पर्ने कुरामा ध्यानदिन जोड दिएका थिए । जिसस प्रमुख दिपक कुमार गौतमले खुशि ब्यक्त गर्दै यस्ता संगठनले पार्टीलाई मजबुत बनाउने र संस्कृति , परम्परा र पहिचान बचाई राख्ने बताएका थिए । उनले जिल्ला कमिटीको नयाँ नेतृत्वलाई शुभकामना दिएका छन ।


प्रतिक्रिया दिनुहोस्