माओवादीले आधा हिस्सा खोजेपछि एमाले–माओवादी एकता तत्काललाई भाँडियो,

काठमाडौं / नेकपा एमाले र माओवादी केन्द्रको बैशाख ९ गते हुने भनिएको पार्टी एकता तत्कालका लागि नहुने देखिएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापनमा दिवसको अवसर पारेर बैशाख ९ गते पार्टी एकता गर्ने भनिएको भए पनि तत्काललाई सम्भावना न्यून देखिएको छ। अब बन्ने एकीकृत पार्टीको राजनीतिक कार्यदिशा र सांगठनिक संरचना निर्माणका लागि बनेका दुई कार्यदलको प्रतिवेदनमा वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर एकता गर्ने भनिएको छ।

विवादमा रहेका केही विषय एकता संयोजन समितिमा छलफल गरेर टुंग्याउने भनिए पनि चैत २२ गतेदेखि यता एकता संयोजन समितिको बैठक बस्न सकेको छैन। एकताका लागि गृहकार्य नै नपुगेकोले अबको एक सातामा पार्टी एकता सम्भव नहुने माओवादी केन्द्रका नेता मणि थापाले बताए। ‘पार्टी एकता बैशाख ९ मा नहुने नै भयो, अब कहिले हुन्छ भन्न सकिँदैन,’ उनले भने । केही दिनमै एकता संयोजन समितिको बैठक बस्ने र बैठकले एकताको नयाँ मिति तोक्ने उनले बताए।‘ एकता संयोजन समितिको बैठक बसेपछि मात्रै यो विषयमा थप जानकारी होला,’ थापाले भने, ‘तर अहिलेलाई पार्टी एकता ट¥यो भन्दा फरक पर्दैन ।’ थापाले तयारी नपुगेको बताएपनि माओवादी केन्द्र एकताका लागि तयार नभएको स्रोतहरू बताउँदै आएका छन । माओवादी केन्द्रले एकतामा जाँदै गर्दा बराबर हैसियत मागेपछि पार्टी एकता थप अनिश्चित भएको हो। माओवादी नेताहरूले एकतामा जाँदा एमालेसँग बराबर हैसियत माग्न नेतृत्वलाई दबाब दिएका छन्। माओवादी नेताहरूले एकताको विषयले गर्दा आफ्नो संगठन कमजोर भएको समेत दावी गरिरहेका छन्। अब एकता र संगठन विस्तारको कामलाई सँगसँगै लैजानुपर्ने माओवादी केन्द्रका एक नेताले बताए।

‘अब एकता र संगठन विस्तारलाई सँगसँगै लैजानुपर्छ,’ उनले भने, ‘एमालेले अहिले पनि सदस्यता वितरण गरिरहेको छ, हामीले चाहिँ सोझो पारामा एकताको मात्रै रटान लगाइहेका छौं ।’ एमाले र माओवादी पछिल्लो समय विचारमा पनि फरक हुँदै गएको उनी बताउँछन्। भन्छन्,‘एमाले र हामीमा फरक देखियो। उनीहरू भित्रभित्रै सदस्यता वितरण गर्ने काममा छन्। एमालेका केही नेता एकता गर्ने पक्षमा नै छैनन्। त्यसकारण समस्या भएको हो।’ तर, पार्टी एकता चाहिँ आवस्यक रहेको माओवादी केन्द्रका अर्का एक नेताले बताए। उनले भने,‘पार्टी एकता चाहिँ आवस्यक नै हो। तर, अब तत्काल एकताको सम्भावन त छैन तर विस्तारै गर्नुपर्छ।’ सम्मानजनक एकता नभए माओवादी एकता प्रक्रियाबाट पछि हट्न सक्ने ती नेताले संकेत गरे। उनले  भने,‘सम्मानजनक नहुने र ठूलो माछाले सानो माछा निल्ने प्रक्रियामा जाने हो भने किन एकता गर्नेरु सम्मानजनक तरिकाले जाने हो पार्टी एकता गर्न ठीकै हुन्छ। तर, ७०र३० को भागबन्डामा हिसाव गर्ने हो भने माओवादीलाई घाटा हुन्छ एकता गर्न भन्दा नगर्नै ठीक हुन्छ।’सम्मानजनक नभए एकता नगर्न वाइसिएलको आग्रह नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिगले सम्मानजनक एकता नभएमा पार्टी एकता गर्न नहुने भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ।

आइतबार बिहान प्रचण्डलाई भेटेर जनयुद्धको सम्मान नगरेमा र संगठनमा ५०र५० प्रतिशत हिस्सेदारी नभए एकता नगर्न सचेत गराएको हो। पार्टी एकता गर्दा एमालेसँग नझुक्न समेत सचेत गराएको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले जानकारी दिए। उनले थाहाखबरसँग भने,‘हाम्रो केन्द्रीय पदाधिकारीले अध्यक्षलाई भेटेका हौँ। हामीले एकतालाई छिट्टो गर्न भन्यौँ। तर एकता गर्ने नाममा झुक्न नहुने भनेर सचेत गराएका हौँ।’ जनयुद्धको अपमान नहुने गरी एकता गर्न आग्रह गरेको उनले बताए। उनले भने,‘हामीले सम्मानजनक भएन भने र जनयुद्धको अपमान भयो भने एकता नगर्न भनेका छौँ।’ वाइसिएलको टोलीसँग माओवादी अध्यक्ष प्रचण्डले सम्मानजनक नहुने अवस्था आएसम्म एकता प्रक्रिया अघि नबढाउने आश्वासान दिएको स्रोतले बतायो। प्रचण्डलाई उदृत गर्दै स्रोतले भन्यो,‘ अहिले पनि त्यही विषयले रोकिएको हो। सम्मानजनक नभएसम्म एकता प्रक्रिया अघि बढ्दैन तपाईंहरू ढुक्क हुनुहोस्।’

बैशाख ९ मा एकता सम्भावना न्यून हुनुको कारण  मुख्य तीन विषय मिल्न नसक्दा पार्टी एकतामा ढिलाई भएको छ। पार्टी एकताका लागि गठित दुई कार्यदलले आफ्नो प्रतिवेदनमा मुख्य तीन विषयलाई समावेश गर्न सकेको थिएन। उक्त विषयलाई टुंग्याउन कार्यदलले एकता संयोजन समितिलाई जिम्मा दिएको थियो। तर एकता संयोजन समितिको बैठक बस्न नसक्दा समस्या भएको छ। पार्टी एकतामा माओवादीले बराबरी भाग खोजेपछि समस्या भएको छ। माओवादीले ५० र ५० को आधारमा एकता हुनुपर्ने अडान राखेको छ। तर, एमालेले भने ७०र३० मा एकता गर्ने प्रयासमा छ। यस्तै, पार्टीको प्रस्तावनामा माओवादीले ‘जनयुद्ध’ शब्द समावेश गर्नुपर्ने बताएको छ। एमालेले भने ‘जनक्रान्ति’ राख्नुपर्ने अडान कायमै राखेको छ। चुनाव तिह्नमा पनि विवाद छ। माओवादीले सूर्यभित्र हसिया हाथौडा राख्नुपर्ने बताइरहँदा एमालेले भने जनमानसमा लोकप्रिय भएको भन्दै सूर्य चिह्न नै चुनाव चिह्न हुनुपर्ने अडान राखेको छ।


प्रतिक्रिया दिनुहोस्