प्रतिनिधि र प्रदेश सभा चुनावका लागि उम्मेदवारी मनोनयनको अधिकार देउवालाई

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय गरेको छ ।

आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार सिफारिस गर्न परिपत्र गर्ने निर्णय गरेको हो ।

आजको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ ।

त्यस्तै बैठकले मङ्सिर ४ गते हुने चुनावका लागि दल दर्ताको संयोजन गर्ने जिम्मेवारी पार्टीका मुख्यसचिव कृष्ण पौडेललाई दिएको छ ।


प्रतिक्रिया दिनुहोस्