पाथिभरा दर्शन गरि र्फकने क्रममा एक दर्शनार्थीको मृत्यू

ताप्लेजुङ संवादाता

ताप्लेजुङ / ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरि फर्कने क्रममा एक जना तिर्थ यात्रीको वाटैमा मृत्यु भएको छ । पनौति नगरपालिका काभ्रेका ५८ वर्षिय राम हरी खत्रिको मृत्यु भएको हो । आज विहान पाथिभराको दर्शन गरि र्फकने क्रममा माथिल्लो फेदिमा आईपुग्दा स्वास प्रसावसको समस्या भएको र सोहि स्थानमा प्राथमिक उपचार गरि जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चार शाखाले जनाएको छ ।

फाइल तस्विर ।

मृतक खत्री आफ्नी श्रीमती र दाजु सहितको पारिवारीक टोली सँगै पाथिभरा दर्शनका लागि आएका थिए । शवलाई काभ्रे लैजाने तयारी भई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चार शाखाले जनाएको छ । यो समयमा पाथीभरा मन्दिरमा नेपाल संगै भारत, वंगलादेश, लगाएतका देशका तिर्थालुको घुइँचो लाग्ने गर्छ । पाथीभरा मन्दिर ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको छ ।

– पदम श्रेष्ठ


प्रतिक्रिया दिनुहोस्