घरको छतबाट खसेर एक को मृत्यु

चितवन / भरतपुर महानगरपालिका–३ बेल्चोकस्थित आफ्नै घरको छतबाट खसेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार ६५ वर्षीय गोविन्द कँडेलको तीन तलामाथिको छतबाट खसेर मृत्यु भएको हो ।

फाइल तस्बिर

उच्च रक्तचापको समस्या भएका कँडेल छतको रेलिङ समाएर उभिँदै गर्दा अकस्मात खसेको प्रहरीले जनाएको छ । छतबाट खसेर गम्भीर घाइते भएका कँडेलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । रासस

 


प्रतिक्रिया दिनुहोस्