रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ ।

पार्टी सभापति रवि लामिछानेले एक भिडियो सन्देश जारी गर्दै नागरिकको आवाज सुनेपछि पार्टी केन्द्रीय समिति बैठकले प्रदेशसभा निर्वाचनमा सहभागी नुहने निर्णय गरेको बताएका छन् ।

नागरिकका आवाज सुन्ने र समाधानका उपाय खोज्ने निर्णय आफ्नो पार्टीले गरेको उनले बताए । खर्चिलो संरचना बनाएर राज्यको ढुकुटी सक्नुभन्दा सुधारेर जानु आवश्यक भएको भन्दै प्रदेशसभामा सहभागी नुहँदा मुलुकको खर्च जोगिने कारणले सो निर्णय गरेको उनले बताएका छन् ।

प्रदेशसभा निर्वाचनमा सहभागी नुहने कुराको जानकारी निर्वाचन आयोगलाई समेत गराइएको उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्