प्रथम मैवाखोला समाज फुटसल कपको उपाधि मेरिङदेनलाई 

काठमाडौं । प्रथम मैवाखोला समाज फुटसल कपको उपाधि मेरिङदेन गाउँपालिकाले हात पारेको छ । मैवाखोला समाज काठमाडौँको आयोजनामा सम्पन्न भएको उक्त कपको उपाधि मेरिङदेन गाउँपालिकाले हात पारेको हो ।

शनिवार भएको खेलमा मेरिङदेनले गाउपालिकाले सिरिजंघा गाउपालिकालाई २—१ ले पराजित गर्दै उपाधि हात पारेको हो । विजेता मेरिङदेनले नगद ३५ हजार सहित ट्रफी प्राप्त गरेको छ । 

यस्तै उप विजेता सिरिजंघाले २० हजार नगदमा चित्त बुझाएको खेल संयोजक योगेन्द्र नेयोहाङले जानकारी दिए । खेलमा वेस्ट खेलाडी मेरिङदेनका विकेश लिम्बू बने भने वेस्ट स्कोरर मेरिङदेनकै विश्व लिम्बू बनेका छन् ।

उत्कृष्ट गोल किपर सिरिजंघाको नविन पनेरु बनेका छन् । उद्घाटन खेलमा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले खेलले जिल्लावासीलाई एक बनाएको बताउँदै खेल सफलताको शुभकामना दिएका थिए । 

त्यस्तै प्रदेश न १ का सामाजिक विकास मन्त्री प्रताप प्रकाश हाङगामले फुटसल खेलको सफलताको शुभकामना व्यक्त गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्