ब्राजिलले जित्ला त विश्वकप ? नेइमार यसो भन्छन्

काठमाडौं, २ वैशाख /  विश्व फुटबलमा आफ्नो जादुयी खेल कौशलले फुटबल प्रेमीलाई लोभ्याउँदै गरेका युवा । घरेलु मैदानमा भएको फुटबलको महाकुम्भ, विश्वकप फुटबल । उत्साहको कद अग्लिदै थियो । चर्चा चुलिँदो । तर, खेलकै बीचमा उनले आँसु बगाउँदै मैदानबाट बाहिरिनु पर्‍यो । ढाडमा लागेको चोटको पीडाभन्दा मैदानबाट बाहिरिनु पर्दाको पीडा नेइमारका लागि गहिरो थियो ।

सन् २०१४ विश्वकपमा नेइमारसहित खेलेको ब्राजिलले क्वाटरफाइनलमा कोलम्बियालाई २-१ ले हराएको थियो । त्यसबेला २२ वर्षका नेइमार कोलम्बियाका आन जुनिगासँगको ट्याकलको क्रममा चोटग्रस्त भएका थिए । यो चोट उनका लागि गहिरो बन्यो । उनको स्पाइनको भर्टिब्राको फ्याक्चर भयो र मैदान बाहिर रहन बाध्य भए । त्यसपछि सेमिफाइनलमा जर्मनीसँग नेइमारबिनाको आयोजक टिम ब्राजिल ७(१ ले पराजित भयो । यो विशाल हारले नेइमारका लागि चोट झन् गहिरो बन्दै गयो ।

चार वर्षपछि अहिले उनै नेइमारको नेतृत्वमा विश्व फुटबलप्रेमीलाई लोभलाग्दो खेल कौशल देखाएर रोमाञ्चित पार्न ब्राजिल तयार छ ।
यसको छनक ब्राजिलले विश्वकप छनौट चरणमा देखायो । विश्वकपको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा ब्राजिलको प्रदर्शन राम्रो थियो । जसमा बलियो मानिएको जर्मनीलाई १-० ले हराएको ब्राजिलले रुसलाई ३-० ले हरायो । रुस विश्वकप २०१८ सुरु हुन ५७ दिन बाँकी छ । आयोजक रुसपछि विश्वकपका लागि छनौट हुने पहिलो टिम बनेको ब्राजिललाई उपाधि विजेताको बलियो दाबेदारका रुपमा हेरिएको छ । नेइमारलाई विश्वकप उचाल्ने सुहाउँदो कप्तानका रुपमा ।

अर्जेन्टिनाले विश्वकप छनौटका लागि अन्तिम खेलसम्म संघर्ष गर्नु परेको दक्षिण अमेरिकी क्षेत्रको अंक तालिकामा ब्राजिल शीर्ष स्थानमा थियो । यसैले पनि रुसमा ब्राजिलको खेल हेर्नका लागि विश्वभरका फुटबलप्रेमी उत्सुक छन् । ब्राजिल आउँदो विश्वकपका लागि स्वीट््जरल्याण्ड, कोस्टारिका र सर्बियासहित समूह ‘ई’ मा परेको छ । आउँदो विश्वकपको पहिलो खेल ब्राजिलले जुन १७ मा स्वीट्जरल्याण्डसँग खेल्नेछ ।
तर, यसबेला नेइमार आफ्नो गोडाको चोटका कारण मैदानबाहिर छन् । उनी आफ्नो चोटबाट बाहिर निस्कने प्रयासमा छन् । पेरिस सेन्ट जर्मेन ९पीएसजी० मा रहेका उनी लिग वानमा गएको फेब्रुअरी २५ मा मार्सेइलीसँगको खेलको क्रममा चोटग्रस्त भएका थिए । उनको गोडाको हड्डी भाँचिएको थियो ।

नेइमारले आफू मैदान फर्कन एक महिना लाग्ने बताएका छन् । विश्वकपअघि पूर्णरुपमा स्वस्थ हुने उनको विश्वास छ । उनले शनिबार ब्राजिलको एक टेलिभिजनसँग कुरा गर्दै रुस विश्वकपमा आफू मैदान फर्कने बताएका छन् । म मैदान र्फकन एक महिना र केही दिन लाग्ला’ उनले भने । आफ्नो गोडा ठीक हुँदै गएको उनले बताए । पीएसजीका प्रमुख युनाई इमेरीले पनि नेइमार छिटै ठीक हुने र फ्रेन्च लिगको अन्तिमतिर मैदान फर्कने बताएका छन् ।

तर, घाइते अवस्थाबाट र्फकनासाथ विश्वकपमा भिड्नुपर्ने भएकाले नेइमारका लागि परीक्षा कठीन छ । चार वर्षअघिको लज्जाजनक विश्वकप बिर्साउन र ब्राजिल फुटबल समर्थकलाई खुशी दिन नेइमारको आवश्यकता ठूलो छ । ब्राजिल पहिलेको जस्तै डरलाग्दो टिमको रुपमा देखिएको छ । ब्राजिलियन फुटबलको पुरानो समय फर्काउन नेइमार एक मुख्य पिलर हुन् । घाइते हुनुअघि उनी आफ्नो करिअरकै उच्च फर्ममा पनि देखिएका थिए । उनी मैदानमा मात्रै होइन मैदान बाहिर पनि आफ्नो टिमका लागि हौसलाका पात्र हुन् । कस्तो छ त नेइमारको आउँदो विश्वकप सपना रु आउँदो विश्वकपको सेरोफेरोमा रहेर केही समयअघि विश्व फुटबलको प्रशासकीय निकाय फिफाले नेइमारसँग गरेको कुराकानी –

ब्राजिललाई रुस विश्वकप २०१८ मा कसैसँग डर छैन । ब्राजिल सबै टिमसँग भिड्न तयार छ । हामीले आफूलाई तयार गरेका छौं । कसैको डर छैन । यो विश्वकप हो र यहाँ उत्कृष्ट टिम नै हुन्छन् । सबै राम्रो तयारीका साथ आउने छन् । हामी कुनै एक टिमलाई अर्को टिमसँग तुलना गर्न सक्दैनौं कि उनीहरु कमजोर छन् भनेर । हामी जब विश्वकपमा हुन्छौं, सबै टिमसँगको प्रतिस्पर्धाका लागि तयार हुनुपर्छ । खेल तालिकाले हामीलाई केही असर गर्दैन ।


प्रतिक्रिया दिनुहोस्