ताप्लेजुङ सरोकार केन्द्रको साधारण सभा तथा अधिवेशन भोलि, सम्पूर्ण तयारी पुरा 

काठमाडौं । ताप्लेजुङबाट काठमाडौं उपत्यकामा आइ विभिन्न पेसा व्यवसायमा संलग्न ताप्लेजुङ बासीहरूको साझा छाता संस्था ताप्लेजुङ सरोकार केन्द्र १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गर्दै छ । 

ताप्लेजुङ बासीहरुबीच आपसी सहयोग, एकता तथा हार्दिकताको अभिवृद्धि गर्दै दुःख–सुखको साथी बन्ने र जिल्लाको विकासमा टेवा पु¥याउने उद्देश्यले स्थापना भएको उक्त सरोकार केन्द्रले भोलि १७औं साधारण सभा तथा चौथो अधिवेशन गर्दै छ । 

अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको केन्द्रले जनाएको छ । केन्द्रले ताप्लेजुङमा जन्म भई विभिन्न सरकारी तथा प्रतिष्ठित उच्च पदमा पुगेको पदोन्नति र नियुक्ति पाएका व्यक्तिहरू सशस्त्र प्रहरीका चन्द्रप्रकाश गौतम नेपाल प्रहरीका डीआईजी बुद्धिराज गुरुङ लगायतलाई बधाई तथा प्रशंसा पत्रले सम्मान गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै कला क्षेत्रमा लागेर कलाकारिताको हित, संरक्षण र विकासलाई सहयोग गर्न ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँद्वारा स्थापित “ताप्लेजुङ सरोकार केन्द्र कलाकार पुरस्कार  २५ हजार सहित एक जना कला सर्जकलाई प्रदान गरिने व्यवस्थापन समितिका सचिव सन्तोष मादेनले बताए ।

काठमाडौँमा क्रियाशील सामाजिक सङ्घसंस्थाहरूलाई पनि प्रशंसा पत्र वितरण गर्ने कार्यक्रम रहेको सरोकार केन्द्रले जनाएको छ । सरोकार केन्द्रले बिभिन्न व्यक्तिहरूलाई बधाई तथा सम्मान तथा आजीवन सदस्यलाई प्रमाण पत्र वितरण गर्ने कार्यक्रम रहेको सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताए । दिनको १ः०० बजेबाट होटल हार्दिक बागबजारमा सुरु हुने उक्त साधारण सभाले नयाँ नेतृत्वको चयन गर्ने छ । 

यसअघि सरोकार केन्द्रले वनभोज, मेला, महोत्सव, पदयात्रा, ताप्लेजुङ साँझ, देउशी–भैलो, शुभकामना आदान–प्रदान लगायत धेरै कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ । यस्तै बाढी–पहिरो, आगलागी जस्ता दैवी प्रकोप लगायतका जिल्लावासीको दु स् खमा ताप्लेजुङ सरोकार केन्द्र साथी बनेको साँवाले बताए ।


प्रतिक्रिया दिनुहोस्