म्यानचेस्टर युनाइटेड (एफए) कपको क्वाटर फाइनलमा

६ फागुन, काठमाडौं । हडर्सफिल्डलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशका लागि म्यानचेस्टर युनाइटेड र ब्रिङ्गटन आमनेसामने हुनेछन् ।

शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई जिताउन दुवै गोल लुकाकुले गरे । लुकाकुले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेका थिए । त्यसपछि उनले ५५ औं मिनेटमा दोस्रो गोल गरे । एलेक्स सान्चेजले दिएको पास उनले सदुपयोग गरे र बललाई जाली चुमाउन कुनै गल्ती गरेनन् ।

पहिलो हाफको अन्तिम सयममा माटाले बललाई गोलपोस्टमा छिराए पनि अफसाइड भएकाले मान्यता पाएन र २–० को नतिजामा खेल टुंगियो ।

अब क्वाटर फाइनलमा म्यानचेस्टर युनाइटेड र ब्रिङ्गटनको प्रतिस्पर्धा हुनेछ । शनिबार राति नै भएको खेलमा कोवेन्ट्रीलाई ३–१ ले हराएर ब्रिङ्गटनले पनि अन्तिम आठमा स्थान बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्