‘पाथिभरा हाफ महिला म्याराथन’को उपाधि समपाल्मुलाई

ताप्लेजुङ । ‘पाथिभरा हाफ महिला म्याराथन’को उपाधि ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं. ५ फाकुम्बाकी समपाल्मु शेर्पाले जितेकी छिन् ।

सदरमुका फुङ्लिङदेखि काफ्लेपाटीसम्मको दुरी ३ घण्टा ४१ मिनेट ९ सेकेण्डमा पूरा गर्दै समपाल्मु प्रथम भएकी हुन् । यस्तै ४ घण्टा ९ मिनेट ५३ सेकेण्डमा दुरी पार गर्दै भोजपुरकी छेन्वीमाया राईले दोस्रोस्थान सुरक्षित गरेकी छिन् ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङकी पेम्बाल्हामु शेर्पाले ४ घण्टा ३१ मिनेट ५४ सेकेण्डमा दुरी पार गरि तेस्रो भएकी छिन् ।

प्रतियोगितामा प्रथमले रु ८१ हजार, द्वितीयलाई रु ५१ र तृतीयलाई रु ३१ हजार प्रदान गरिने छ ।पूर्वको धार्मिकस्थल पाथिभराको प्रचारप्रसार गर्ने उद्देश्यले ताप्लेजुङमा मंगलबार देखि शुरु भएको ‘ताप्लेजुङ पर्यटन महोत्सव’ आज सकिदै छ ।


प्रतिक्रिया दिनुहोस्