बैंगलोर घरेलु मैदानमा पराजित, राजस्थान रोयल्स विजयी

बैंगलोर, बैशाख  / रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग ९आइपिएल० मा राजस्थान रोयल्ससँग घरेलु मैदानमा पराजित भएको छ। २ सय १८ सनको विशाल लक्ष्य पछ्याएको बैंगलोर १९ रनले पराजित भएको हो।

टस जितेर राजस्थानलाई ब्याटिंगको निम्तो दिएपछि सन्जु साम्सनको उत्कृष्ट पारीको मद्दतमा राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १७ रन बनायो। साम्सन ४५ बलको सामना गर्दै २ चौका र १० छक्काको मद्दतले ९२ रन बनाउँदै नट आउट रहे। ओपनर अजिन्क्या रहानेले ३६ रनको योगदान दिए भने बेन स्टक्सले २७ तथा जोस बटलरले २३ रन बनाए। जवाफमा बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९८ रन बनायो। ओपनर ब्रेण्डन मेककलम सस्तैमा आउट भएपछि कप्तान विराट कोहलीले बैंगलोरलाई राम्रो सुरुआत दिलाएका थिए।

डी ककसँग ७७ रनको साझेदारी बनाएका कोहलीले ५७ रन बनाए। डी कक २६ रन बनाउँदै पबेलियन फर्किए। एबी डी भिलियर्स २० रनमा आउट भएपछि मन्दिप सिंह र वासिङ्टन सुन्दरको प्रयास काफी रहेन। सुन्दर १९ बलमा ३५ रन बनाउँदै आउट भए भने सिंह ४७ रनमा नटआउट रहे। यो राजस्थान रोयल्सको तेस्रो खेलमा दोस्रो जित हो भने तीन खेल खेल्दा बैंगलोर २ मा पराजित भएको छ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्