आम चुनाव २०७९ : करिब ६ हजार उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनाव अन्तर्गत आइतबार मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार करिब ६ हजार चुनावी मैदानमा उत्रिएका छन् । आयोगका अनुसार प्रारम्भिक तथ्याङ्क अनुसार, प्रतिनिधिसभामा २ हजार ४५२ र प्रदेशमा ३ हजार ३३६ जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभाअन्तर्गत देशभर २ हजार २२३ पुरुष र २२९ महिला गरी कूल २ हजार ४५२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेशसभातर्फ ३ हजार ३९ जना पुरुष, २८६ जना महिला र १ जना अन्य गरी जम्मा ३ हजार ३२६ जनाको उम्मेदवारी दर्ता भएको छ । यसलाई निर्वाचन आयोगले उत्साहजनक तथा शान्तिपूर्ण उम्मेदवारी दर्ता भनेको छ ।

चुनावी मैदानमा करिब ६ हजार भएपनि चुनावमा मुख्यत दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिन्छ । सत्ता गठबन्धनमा पाँच दल छन् । प्रतिपक्षी नेकपा एमाले नेतृत्वको गठबन्धनमा जसपा र राप्रपा लगायतका दल छन् । दुबै गठबन्धन ४ मंसिरको चुनावमा चुनावमा आमुन्नेसामुन्ने हुँदैछन् ।


प्रतिक्रिया दिनुहोस्