संसदका कर्मचारीद्धारा सरकारीको गाडी दुरुपायोग हुँदै

काठमाडौं / संसदका कर्मचारीले सरकारी गाडी दुरुपयोग गरेका छन् । ऐन विपरित संसदका सचिव्, उपसचिव देखी सहयोगिले गाडीको सुविधा उपभोग गरेका छन् । कसैले एकभन्दा बढी गाडी लिएर त कसैले आवश्यक्ता विना गाडी चढेर दुरुपयोग  गरेकाछन् । गाडीको इन्धनमा समेत अनियमितता भएको छ ।

ऐन अनुसार संसदका पदाधिकारीले एक वटा गाडी सुविधा पाउछन् । सभामुख सचेतकदेखी सचिवसम्म संसदका सचिवले दुइवटा गाडी प्रयोग गर्दै आएका छन् । उपसचिवहरुले समेत गाडी सुविधा लिदै आएका छन् । संघीय संसद सचिवालयका सचिव हिमाल सुबेदिले २ वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । उनले प्रयोग गरेका गाडी एउटा नयाँ र अर्को ५ वर्ष पुरनो छ । सुबेदिले चालकको नाममा समेत रकम बुझ्दै आएका छन्, जव कि चालक भने रखेका छैन्।


प्रतिक्रिया दिनुहोस्