ताप्लेजुङमा भालुको आक्रमणमा परि एक युवक घाईते


२० कार्तिक, ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भालुको आक्रमणमा परि एक युवक घाईते भएका छन् । सिदिङ्वा गाउँपालिका वडा नम्बर ३ आङखोपका बिर बहादुर तामाङको छोरा २१ वर्षिय फुर्वा तामाङ घाईते भएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सुचना अधिकारी कुशाराम कार्कीले जानकारी दिए ।

सुचना अधिकारी कार्कीका अनुसार घाईते तामाङको अनुहारमा गम्भिर चोट लागेको र उनको झापाको विर्तामोड स्थित वि एण्ड सि अस्पतालमा आई.सि.यूमा उपचार भईरहेको छ । तामाङ शनिबार दिउँसो प¥याङ काट्न जंगल गएको समयमा उनलाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्