जनताको सहारा बन्न सक्छु तर, झुठो आस्वासन देखाउन सक्दिन : खगेन सिं हाङ्गाम

काठमाडौं । पाँच वर्ष पछि फेरी पनि प्रतिनिधि सभा तथा प्रदेश सभाले नयाँ सदस्य पाउँदैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन पछि नयाँ सदस्यहरूको आगमन हुने छ । यसका लागि अहिले देश निर्वाचनमय बनेको छ । 

प्रदेश नं. १ को ताप्लेजुङ जिल्लाको क्षेत्र नं. (ख) बाट प्रदेशसभा सदस्यका लागि लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मेद्वार खगेन सिं हाङ्गाम पनि अहिले चुनावी मैदानमा उत्रिएका छन् । ताप्लेजुङ जिल्लाको मेरिङ्देन गाउँपालिका वडा नं. ४ लिङतेप साविकको लिङ्तेप गा.वि.स. वडा नं. ४ मा बुबा प्रताप सिं हाङगाम र आमा कमला देबि आङ्बुहाङ हाङ्गामका कोखबाट वि.सं.२०३७ सालमा जन्म लिएका खगेन सिं हाङ्गामले सानै उमेरबाट राजनीतिको यात्रा सुरुवात गरेका हुन् । 

उनको बाल्यकाल नै राजनीतिक परिवारबाट सुरु भएको हो । उनी प्रदेश नं. १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हांगामका कान्छा भाइको छोरा हुन् । 

उनले कक्षा एकदेखी कक्षा ७ सम्मको अध्ययन मेरिङदेन गाउँपालिकाको लक्ष्मी मा. बि.मा. गरेका थिए । कक्षा ८ देखि १० सम्मको अध्ययन भने मैवाखोला मा।बि तेम्बेबाट गरेका थियो । उनको एस.एल.सि. पार पनि सोही विद्यालयबाट भएको थियो । 

उनको राजनीति यात्रा भने एस.एल.सि. पछि सुरु भएको थियो । एस.एल.सि. पछि उच्च शिक्षाको यात्रा धरानको सुनसरी टेक्निकल कलेजबाट सुरुवात गरेका हाङ्गामले राजनीति यात्रा पनि सोहीबाट गरेका थिए । उनले आफ्नो राजनीति यात्रा ने।वि.स. बाट गरेका हुन् । 

तत्कालीन माओवादी केन्द्रले गरेको दश वर्षे जनयुद्धको बेला घर छोड्न बाध्य भइ काठमाडौंमा अस्थाई बसोबास पनि गर्नु परेको थियो । तर, पनि उनले भने आफ्नो राजनीति यात्रालाई पूर्ण विराम लगाउन चाहेनन् । २०६२/६३ को जनआन्दोलनमा पनि भाग लिएका हाङगामले शान्ति सम्झौता पछि फेरी आफ्नै जिल्ला तथा जन्मभूमि फर्कि राजनीति यात्रालाई निरन्तरता दिई रहे । 

उनी वि.सं. २०६५ सालमा ताप्लेजुङको जिल्ला खेलकुद विकास समितिको उपाध्यक्ष भएका थिए । वि.सं.२०७२ सालमा नेपाल तरुण दल ताप्लेजुङको अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । हाल उनी एन्फा जिल्ला सदस्य तथा मताधिकार सहितको केन्द्रीय प्रतिनिधिको रुपमा आवद्ध छन् । यस्तै उनी नेपाली कांग्रेसको प्रादेशिक क्षेत्रीय सभापति पनि हुन् । 

हजारौ युवाहरूको आशा र भरोसाको केन्द्रको रुपमा स्थापित भएका हाङ्गाम राजनीतिज्ञ मात्र नभइ समाजसेवी पनि हुन् । उनले हजारौं समाज सेवाका कार्यहरू पनि गर्दै आएका छन् । उनी युवाहरूको एक विश्वासको पात्र पनि हुन् । 

धेरै जासो लिम्बू समुदायका छोराहरु राजनितिमा भन्दा पनि लाहुर तिर तल्लिन हुने गर्छन् । राजनीतिको यात्रा एका पट्टि हुँदा हुँदै पनि उनको पनि लहुरे हुने ठूलो सपना थियो । तर, उनले त्यो सपना पुरा गर्न सकेनन् यसबारे उनी नमिठो एउटा किस्सा सुनाउँछन् । ‘मेरो पनि ब्रिटिस आर्मि बन्ने ठूलो सपना थियो । लाहुरे बन्नको लागि ५ पटक सम्म कोसिस गरे तर सफल हुन सकिने मतलब पास हुन सकिन अनि त्यो लाहुरे बन्ने सपनालाई सधैको लागि मारी दिए । सयद राजनीति नै गर्नु थियो होला !’

यस पछि उनी राजनितिमा नै लागे । उनी आफ्नो राजनीति गुरु भने आफ्नै ठूलो बुबा प्रताप प्रकाश हाङ्गामलाई मान्ने गर्छन् । 

के छ योजना ?
तप्लेजुङ जिल्लको क्षेत्र नं. (ख) का जनताहरुले आफूलाई चिन्न सके वा अवसर दिएमा जनाहरुको भलोको लागि नै आफू तल्लिन रहने उनी बताउँछन् । उनी भन्छन् ‘जीतौला नजीतौला यसै भन्न सकिन्दै यदि मेरो क्षेत्रका जनताहरुले मलाई चिन्न सके वा अवसर दिएमा म उहाँहरुलाई निरास बनाउँने काम गर्ने छैन् । म उहाँहरुको सेवामा नै लाग्ने छु ।’

यो काम गर्छु त्यो काम गर्छु भनेर अहिले नै भन्नु भन्दा पछि गरेर देखाउन ठूलो कुरा रहेको बताउँदै उनले भने, ‘म जनताको सहारा बन्न चै सक्छु तर, झुठो आस्वासन देखाउन सक्दिन ।’

हिमालि जिल्लाको रुपले परिचित ताप्लेजुङ पर्यटकीय रुपले धेरै नै प्रबल रहेको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा भएको जील्ला, प्रसिद्ध तिर्थ स्थल पाथिभार (मुकुमलुङ) भएको जिल्ला, मानव आकृती भएको कुम्भकर्ण (फक्ताङ्लुङ्को) जील्ल । यो त एउँटा उदारहरण मात्र हो । यस्ता कयौं हजारौं हिमाल, ताल, झरना, मठमन्दीरले भरिएको सुन्दर जिल्लालाई अझ सुन्दर बनाउनका लागि आफू सधै लागि पर्ने उनी बताउँछन् । 

यी क्षेत्रमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउनका साथै संरक्षण, प्रचार प्रसारमा विषेश पहल गर्ने उनको योजना रहेको छ । यहाँको प्रमुख समस्या भने यातायात हो । सदरमुकाम पुग्ने मेची राजमार्ग बाहेक जिल्लाका सबै सडकहरु कच्ची रहेका छन् । यहि कारण पनि जिल्लाको क्षमताअनुसार पर्यटकहरु भित्रन सकेको छैनन् । यसमा पनि विषेश पहल गरिने उनको योजना रहेको छ । 

यो सँगै सञ्चार, शिक्षा, स्वास्थ, खानेपानि, रोजगार, समाजिक सुरुक्षा, समानता, पहिचान जस्ता कुराहरुमा विषेश ध्यान दिने उनले बताए । 

कति सहज ?
यो क्षेत्रमा सत्ता गठबन्धनका कांग्रेसका खगेनसिं हाङ्गाम र एमालेका गोपाल थोप्राबीचको भिडन्त बहुप्रतिक्षित बनेको छ । बहुदलपछिका हरेक निर्वाचन जित्दै आएको एमाले यसपटक पनि त्यसलाई निरन्तरता दिनेमा ढुक्क छ । कांग्रेस भने गठबन्धनको बलमा एमाले किल्ला भत्काउने दाउमा छ ।

यो क्षेत्रमा २०४८ र २०५१ सालमा अम्बिका साँवा, २०५६ सालमा ओमप्रकाश ओझा तथा २०६४ र २०७० मा डम्बरध्वोज तुम्बाहाम्फे तथा २०७४ सालमा टंक आङवुहाङ निर्वाचित भएका थिए । सबै एमाले नेता हुन् । 

स्थानीय तह निर्वाचनको परिणाम र पछिल्लो घटनाक्रमले गठबन्धन उत्साही छ । यो क्षेत्रमा पर्ने ५ पालिकामध्ये गठबन्धनले ४ र एमालेले एउटा मात्रै जितेको छ । यही कारण आफूहरु निकै बलियो रहेको गठबन्धनको बुझाई छ । तर, स्थानीय तहको मत परिणामलाई मानेर आफू बलियो मान्नु त्यति सहज नहुन पनि सक्छ । अहिले जनाताले पार्टी भन्दा व्यक्ति छान्न थालेका छन् । उदाहरण हो, एक पछि अर्को स्वतन्त्र उम्मेद्धारको विजयी । 

यता एमालेले भने आफ्नो बलियो संगठनलाई नै जितको आधार मानेको छ । एमाले उम्मेदवार गोपाल पुराना नेता हुन् । जिल्लामा सालिन नेताको छवी छ । तर, पछिल्लो समय युवा भरोषाको आधार बन्न थालेकोले हाङ्गाम एक आशाका किरण बनेका छन् । 

ताप्लेजुङबाट प्रतिनिधिसभामा एमाले सचिव भट्टराईसँग माओवादीका प्रदेश सदस्य खेलप्रसाद बुढाक्षेत्री पराग उम्मेदवार छन् । प्रदेश (क) मा एमालेका तिलकुमार मेन्याङवो र एकीकृत समाजवादीका खेम वनेमबीच प्रतिस्पर्धा छ ।


प्रतिक्रिया दिनुहोस्