ललितपुर–३ का ९० प्रतिशत जनतासँग मेरो दोहोरो चिनजान छ : मन्त्री भुसाल

ललितपुर, २२ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विगतमा ललितपुरसहित देशको विकास र जनजीविका विषयमा पु¥याएको योगदानका आधारमा आफूलाई जनताले मतदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ललितपर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा उम्मेदवार रहनुभएका मन्त्री भुसालले गत निर्वाचनमा आफूले उठाएका मुद्दा पूरा गर्नका लागि पनि आफू निर्वाचित हुनुपर्ने बताउनुभयो ।

आगामी पाँच वर्षमा ललितपुरका जनताले गुणस्तरीय जीवन जीउने आधार तयार गरिने उल्लेख गर्दै नेकपा (माओवादी केन्द्र)का उप–महासचिव समेत रहनुभएका मन्त्री भुसालले राजनीतिक स्थायित्व र आर्थिक समुन्नतिलाई आफूले चुनावी प्रतिबद्धतामा समेटेको जानकारी दिनुभयो । मङ्सिर ४ गते हुने निर्वाचनमा आफू स्पष्ट रुपमा निर्वाचित हुने मन्त्री भुसालले भन्नुभयो, “ललितपुर–३ का ९० प्रतिशत मतदातासँग मेरो दोहोरो चिनाजान छ, धेरै मतदातालाई म चिन्छु, उहाँहरूले पनि मलाई चिन्नु हुन्छ, त्यसैले पनि निर्वाचनको नतिजा स्पष्ट छ ।”
विगतमा आफूले जनताको भावना बुझेर आफूले काम गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा उहाँहरूको अनुमतिबाट अगाडि बढ्ने विशवास दिलाउनुभयो ।

जनताका आधारभूत आवश्यकता पूरा गर्दै देशको आर्थिक तथा सामाजिक विकासलाई मुख्य मुद्दा बनाएर आफू चुनावी मैदानमा होमिएको बताउँदै मन्त्री भुसालले पर्यटनमा आधारित अर्थतन्त्र, पर्यवरणमैत्री गतिविधि र समतामुलुक समाज निर्माणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी ललितपुर निर्वाचन क्षेत्र नं ३९२०का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले आगामी निर्वाचनमा प्रतिपक्षभन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफू नेपाली कांग्रेसको जिल्ला सभापतिसमेत रहेकाले पार्टीको निर्णयअनुसार उम्मेदवार भएका गठबन्धनका उम्मेदवार सबै निर्वाचित हुने विश्वास बताउनुभयो । उहाँले भन्नुभयो, “म त निर्वाचित हुन्छु नै गबन्धनका उम्मेदवार पनि अत्यधिक बहुमतले निर्वाचित हुनुहुन्छ ।”

मन्त्री भुसाल र जिल्ला सभापति श्रेष्ठ आज ललितपुर महानगरपालिकाको २ नं वडा जनता समक्ष आफ्नो प्रतिबद्धता व्यक्त गर्दै मतको अपिल गर्नुभएको थियो । उहाँहरूले घरघर पुगेर अग्रगमन र संविधानको रक्षार्थ आफूहलाई मतदान गर्न आह्वान गर्नुभएको थियो । विकासका कामलाई निरन्तरता दिँदै अझ गुणस्तरीय सडक, शिक्षा र स्वास्थ्य सेवा प्रवद्र्धन गर्ने आफूहरुको मुद्दा भएको उल्लेख गर्दै आगामी दिनमा समृद्ध ललितपुर बनाउने आफूहरुको अभियानलाई सघाउन उहाँहरुले आग्रह गर्नुभएको थियो ।

घरदैलोमा नेपाली कांग्रेस, नेकपा९माओवादी केन्द्र०, नेकपा९एकीकृत समाजवादी०लगातका पार्टीका कार्यकतासहित जनताका सहभागिता थियो । घरदैलोका क्रममा जनताले उम्मेदवारलाई माला, खादा एवं पुष्प गुच्छासहित सगुनले स्वागत गर्नुभएको थियो । गठबन्धनका नेताले सो निर्वाचन क्षेत्रको खोकना र बुङ्गमतिमा भोलि घरदैलोमा जाने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्