भिनुमा पाहिमले पहिरिइन “सम्मान मिस लिम्बु २०७९“ को उपाधि

लोकेन्द्र लिम्बू “लोकेश”

काठमाडौँ । १७ सुन्दरीलाई पछि पार्दै सम्मान मिस लिम्बू २०७९ को उपाधि खाम्लालुङ तेह्रथुमकी भिनुमा पाहिम लिम्बूले जितेकी छन् । ‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘सम्मान मिस लिम्बू–२०७९’ मा सहभागी १८ जना फाइनालिस्टमध्ये मुख्य निर्णायकले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै भिनुमा छैटौँ सस्करणको मिस लिम्बू घोषित भएकी हुन् ।

याक्थुङ युथ एशोसिएसन (वाईवाईए)द्वारा आयोजित ‘मिस लिम्बू–२०७९’का पाँचथरकी काजल सेलिङ लिम्बू फस्ट रनरअप र धनकुटाकी मुना चेम्जोङ लिम्बू सेकेन्ड रनरअप भएका छन् । ‘सम्मान मिस लिम्बू’को विजेता भिनुमाले नगद एक लाख रुपैयाँसहित स्कुटर समेत प्राप्त गरेकी छन् । यस्तै, फस्ट रनरअप काजलले नगद एक लाखसहित विभिन्न गिफ्ट ह्याम्पर तथा सेकेण्ड रनरअप मुना चेम्जोङले नगद ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । प्रतियोगितामा विभिन्न १६ वटा सबटाइटल अवार्डसमेत प्रदान गरिएको थियो ।
जसमा बेस्ट स्किन र युमा अवार्ड निता लिम्बू, बेस्ट हेयर र मल्टिमिडिया अवार्ड मन नाल्बो लिम्बू, बेस्ट क्याट्वाक र बेस्ट ड्रेस अवार्ड ज्वाला कुरुम्बाङ, फ्रेन्डली अवार्ड साम्माङ थाम्सुहाङ, मिस चार्मिङ अवार्ड भिनुमा पाहिम, बेस्ट प्रश्नालिटी अवार्ड दिपिका सेलिङ, मिस ट्यालेन्ट अवार्ड फुङ्निमा योङ्हाङ, मिस डिसिप्लिङ अवार्ड सुस्मा इम्सङ, बेस्ट स्माइल अवार्ड  एलिना तुम्बापो, बेस्ट फिगर अवार्ड काजल सेलिङ , मिस कन्फिडेन्ट अवार्ड मुना चेम्जोङ, मिस पङ्च्युअल अवार्ड अनुसा पारघरी बेस्ट र फोटोजेनिक अवार्ड अस्मिता मादेन लिम्बुले हात पारेकी छ्न !
कार्यक्रममा पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा, इभाना मानन्धर, वरिष्ठ कलाकार सुनिल थापा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, नेत्र चिकित्सक डा बेन सुब्बा, पुर्वमिस लिम्बू मेरिना पोमु लिम्बूलगायत निर्णायक रहेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न ! कार्यक्रममा प्रथम नेपाली तारा दिपक लिम्बू, गायक कन्चन थलङले प्रस्तुती राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्