मेरिङदेन ४ लिङतेपले गर्यो दुई दिने क्षमता अभिवृद्धि बिकास तालिम सम्पन्न

फुर्बा शेर्पा

ताप्लेजुङ । मेरिङदेन ४ लिङतेपद्वारा सञ्चालित दुई दिने क्षमता अभिवृद्धि बिकास तालिम  सम्पन्न भएको छ ।

४ न. वडा भित्रका सबै १० वटा टोल बिकास समितिका पदाधीकारी तथा सदस्यहरुलाई क्षमता अभिवृद्धि बिकास तालिम दिएको हो ।

टोल बिकास समितिद्धारा कार्यान्वयन हुने बिनियोजित रकमहरुको बजेट कार्यान्वयन, वडा भित्र बिकासका लागी सहयोग पुग्ने तथा टोल बिकास समितिहरुको जिम्मेवारीको बारेमा प्रष्ट पार्न उक्त तालिम आयोजना गरिएको ४ न.ं वडा अध्यक्ष बेद प्रसाद लिम्बुले बताएका छन, ।

अध्यक्षका अनुसार स्थानिय सरकार सञ्चाल ऐन २०७४ बमोजिम टोल बिकास संस्था समिति गठन भई बिकासमा टेवा पुग्ने जिम्मेवारीको बिसषमा प्रष्ट नुहुदा वडा बिकास तथा देश बिकासमा कम्जोर हुने भएकाले तालिमको आवश्यकता भएको हो ।

कार्यक्रमको उद्धघाटन कोशी प्रदेश सभा सदस्य माननिय खगेन सिंह हाङगामज्यूको प्रमुख आतिथ्यिमा उद्धघाटन भएको थियो भने  कार्यक्रम समापन मेरिङदेन गाउँपालीका प्रमुख युक हाङबिर डम्बर हाङगामज्यूको प्रमुख आतिथ्यिमा सम्पन्न भएको थियो ।

ृउक्त तालिम सम्पन्नको लागी युनाईटेड मेवाखोला हाईड्रो पावर प्रा.लीले आर्थिक सहयोग गरेको थियो भने प्राविधिक सहयोग सिभिल इन्जिनियर स्वा.विनोद सुब्बा सेरेङ चङबाङ स्मृति प्रतिष्ठानले गरेका थिए ।

तालिमको सहजिकरण पाँचथर जिल्लाका राष्ट्रिय भुमी आयोग विज्ञ सदस्य तथा सञ्चारकर्मी विपेन गौतमले गर्नु भएको थियो भने कार्यक्रममा ४० जनाको सहभागीता रहेका थिए।


प्रतिक्रिया दिनुहोस्