वाणिज्य बैंकहरुले पुस महिनामा पनि ब्याजदर नबढाउने

काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाको लागि ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले पुस महिनाको लागि ब्याजदर नबढाउने निर्णय गरेको हो ।

बैंकहरुले मंसिरमा पनि ब्याजदर बढाएका थिएनन् । मौद्रिक नीतिको समीक्षालाई हेरेर मात्र ब्याजदर घटाउने भन्दै मंसिरमा कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका थिए ।

मंसिरमा विकास बैंक तथा फाइनान्सहरुले ब्याजदर घटाएका थिए । यससँगै वाणिज्य बैंकहरुलाई ब्याजदर घटाउन चर्को दबाब परेको थियो । यद्यपि, बैंकहरुले पुस महिनको लागि पनि ब्याजदर घटाउने निर्णय गरेका छैनन् ।

मंसिर महिनामा अधिकांश बैंकहरुले मुद्दती निक्षेप ९व्यक्तिगत० मा अधिकतम १२।१३ प्रतिशत ब्याजदर दिँदै आएकोमा पुस महिनामा पनि सोही ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्