लोकतन्त्र स्थापित गर्नमा पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको छ : योगेश भट्टराई

 साहारा लङ्वा (लिम्बू)

ताप्लेजुङ । नव निर्वाचित प्रतिनिधि सभाका सदस्य तथा नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले लोकतन्त्र स्थापित गर्नमा पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । विहीबार सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा ताप्लेजुङको १०औं साधारण सभालाई सम्बोधन गर्दै उने यसो भनेका हुन् । 

उनले भने, ‘हामिले जुन लोकतन्त्रको अभ्यास आज गरिरहेको छौं । यो लोकतन्त्र ल्याउनका लागि यहाँका राजनीति दलहरुको प्रमुख भुमिका रहेको छ । तर, समाजका अन्य समुदायको सहभागीता नभएको भए हामि यहाँ सम्म आउन सक्ने थिएनौं । त्यसमा पनि नेपालको संचार जगतले अथवा पत्रकारिता क्षेत्रले विगतका ऐतिहासिक काल खण्डमा संगठित र ससक्त भूमिका खेलेको थियो । त्यसले हाम्रो लोकतन्त्र स्थापित गर्ने काम सँगै स्वतन्त्र प्राप्तिका लागि ठूलो भूमिका निर्वाह गरेको छ ।’

 साथै राजनितिक प्रशासनिक नेतृत्व सच्याउन पत्रकारको ठूलो भूमिका रहेको भन्दै उनले भने, ‘ताप्लेजुङको हकमा राजनितिक नेतृत्व छौं । प्रसासनिक नेतृत्व र्छौ । राजनिक र प्रसासनिक नेतृत्वले गरे कतिपय कमि कमजोरीहरुलाई जन समक्ष ल्याउने र ती कमी कमजोरीहरुलाई औल्याइ दिने साथै प्रसानिक नेतृत्वलाई राजनीति नेतृत्वलाई सच्चिन्न सच्याउन भूमिका खेल्ने काम तपाई पत्रकारहरुको रहने छ भन्ने विश्वास लिएको छु ।’ 

साथै थप अर्को प्रसंग जोड्दै उनले भने, ‘अहिले हाम्रो नेपाली समाजमा अलिक बढि नकरात्मकबा जागरण भएको छ । त्यसलाई न्यूनिकरण गरी सहि समाचार बाहिर ल्याइयो भने जनाता सामु सकरात्क सन्देश जान सक्छ ।’ जनप्रनिधिहरुसँग सहकार्य गर्दै एकत्ताबद्ध भएर काम गर्दै ताप्लेजुङका पत्रकारहरु अघि बढ्ने छन् भनि विश्वास लिएको पनि उनले बताए । 

उने भने, ‘भर्खरै निर्वाचमन सम्पन्न भएको छ । यो निर्वाचनले एउटा जनादेश दिएको छ । हामिले पाँच वर्षका लगि जनादेश प्राप्त गरेका छौं । लोकतन्त्रयमा यो अपेक्षा गरिन्छकी पहिलो अवस्था भन्दा अझै सुधार होस । सासकिय स्थायित्व होस, राजनितिक स्थायित्व होस । यहि अपेक्षाका साथ मताधिकार प्रयौग गरेका छौं ।’

छोटो समयमै ताप्लेजुङमा पत्रकारिता क्षेत्रले उल्लेख्य प्रगति गरेको बताए । संख्यात्मक हिसाबले मात्र नभइ पत्रकारिता क्षेत्रमा चाहिने व्यावहारिकता र गुणात्मकताका पक्षमा पनि ताप्लेजुङले प्रसंसनिय प्रगति गरेको बताए । 

उनले भने ‘ताप्लेजुङ आफैमा एक विकट जिल्ला हो । त्यसमाथि पत्रकारिता एक जोखिम सँगै चुनौती पुर्ण कुरा हो । यो आवस्थामा पनि तपाई ताप्जुङका पत्रकारहरु कुना कन्दरा, हिमालको फेदी सम्म, गाउँ बस्तीहरु सम्म पुगेर जुन समाचार संकलन गर्नु भएको छ । त्यसलाई सम्प्रेसण गर्नु भएको छ । जील्ला बासि सँगै आम जनता साथै जिल्ला बासिहरुमा समाचार सुसुचित गर्नु भएको छ । यसको म प्रसंसम गर्न चाहान्छु ।’ 

यस्तै आगमि दिनमा ताप्लेजुङको व्यावसायिक पत्रकारीताले अझै सफलता हासिल गर्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्