सडक छेउका संचरना हटाउने निर्देशनको विषयमा नगरपालिकाद्धारा सरोकारवालासँग छलफल


ताप्लेजुङ । मेचि राजमार्गको दाँयाबाँया अतिक्रमण गरि बनाईएका संचरना हटाउन सडक डिभिजनले दिएको निर्देशनको विषयमा ताप्लेजुङको फुङलिङ नगरपालिकाले सरोकारावालासँग छलफल गरेको छ । सोमबार नगरपालिकाको सभा हलमा नगर प्रमुख अमिर मादेन, प्रमुख जिल्ला अधिकारी महेश कुमार पोख्रेल,जिल्ला प्रहरि कार्यलयका प्रहरि प्रमुख (डिएसपी) कैलाश राई र सरोकारवाला स्थानीयको उपस्थितिमा छलफल भएको हो ।

छलफलले सडकको दाँयाबाँया दुवैतर्फ १५÷१५ मिटर कायम गरि घर टहरा खाली गर्ने विषयको सुचनालाई मध्यनजर गर्दै १५÷१५ मिटर कायम गर्दा बजार क्षेत्रका अधिकाँस घर तथा अन्य संरचना भत्किने हुँदा विकासको नाममा विनाश हुने भएकाले बजारको बाटो दाँयाबायाँ ६÷६ मिटर कायम गरि जम्मा १२ मिटर सडक कायम गर्ने तथा बाई पास सडकलाई सडकको दाँयाबाया ५.५÷५.५ मिटर गरि जम्मा ११ मिटरको सडक नघट्ने गरि वैकल्पिक मार्ग कायम गरि बजारलाई बचाईदिन सडक डिभिजन मार्फत नेपाल सरकारलाइ अनुरोध गर्ने निर्णय भएको छ । ११ मिटरको वैकल्पिक मार्ग नगरपालिकाको नेतृत्वमा बनाउने सहमति भएको छ ।

मेचि राजमार्गको दाँयाबाँया अतिक्रमण गरि बनाईएका संचरना हटाउन सडक डिभिजन कार्यलय ईलामले गत पुष २४ गते निर्देशन दिएसँगै मेचिराजमार्ग कहाँसम्म पर्ने हो भन्ने कुराले अन्योलता छाएको छ भने संरचना भत्किने भएपछि स्थानिय चिन्तित भएका छन् । स्थानियले समिति नै गठन गरेर संरचना भत्काउन नहुने यसको साटो वैकल्पिक बाटो बनाउन पहल गरिदिन नगरलाई आग्रह गरेका छन् भने वैकल्पिक मार्ग बनाउन आफुहरुले सहयोग गर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्