किशोरकिशोरी यौन र प्रजननका पुस्तक लुकेर होइन खुलेर पढ्छन्

शीतलपाटी, सिन्धुली, ३ वैशाख /  महिनावारी भएका किशोरीले मात्र आवश्यकताअनुसार प्याड झिक्नुहोला । कति पिस लाने हो, रजिष्टरमा जनाइदिनुहोला । तपाईंलाई लाग्न सक्छ, ती वाक्यांश स्वास्थ्य संस्थामा टाँस गरिएको सूचना होला । होइन, अहिले सिन्धुलीका उच्च माध्यमिक विद्यालयका पुस्तकालयमा छिर्नेबित्तिकै ती वाक्यांशले सबैलाई ध्यानाकर्षण गराउँछ ।

किशोरी छात्राले पढाइलाई विशेषतः हाजिरीमा किन निरन्तता दिन सक्दैनन् भनेर खोजी गर्दा महिनावारी पनि एक कारण रहेछ, महिनावारी हुँदा पढ्न जाँदा साथीले के भन्छन्, तल्लो पेट दुखिरहने, कहिलेकाहीँ त बढी रक्तस्रावसमेत हुने भन्दै उनीहरु विद्यालय नआउने रहेछन् । दीर्धप्रदीप उच्च माध्यमिक विद्यालय शीतलपाटीका स्वास्थ्य विषयका शिक्षक लोकबहादुर श्रेष्ठ विगतका समस्या सुनाउनुहुन्छ । अभिभावक भेला, व्यवस्थापन समितिका बैठक एवं विद्यालयको आन्तरिक छलफलमा पुस्तकालयको एउटा दराजमा उनीहरु छात्रा०को सहज पहुँच पुग्ने गरी सेनेटरी प्याडको व्यवस्था गरी वितरण कार्य शुरु गरौँ ।

अहिले खुलेर महिनावारी भएका छात्राले प्याड लान्छन् र प्रयोग गर्छन् त्यसैले उनीहरुको विद्यालय उपस्थितिमा असर परेको छैन । पढाइमा निरन्तता छँदैछ । खुलेर आफ्ना यौन तथा प्रजनन समस्या भन्ने गर्छन् । सोही विद्यालयका प्रअ शंकर उप्रेतीले भन्नहुहुन्छ । कक्षा आठदेखि १२ सम्मका करीब १५० भन्दा बढी छात्राले मासिक रुपमा सेनेटरी प्याडको प्रयोग गर्ने गरेको विद्यालयको तथ्याङ्क छ । रासस


प्रतिक्रिया दिनुहोस्