ताप्लेजुङमा करेन्ट लागेर एक महिलाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीकी ३९ वर्षिया सुखमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका सुचना समन्वय अधिकृत तथा प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक कुशाराम कार्कीले जानकारी दिए ।

बिहिबार बाख्रा चराउन गएकी श्रेष्ठ घर नफर्किएपछि खोजी गर्ने क्रममा शुक्रबार (आज) बिहान मृत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए । सुचना पाउना साथ घटनास्थलमा प्रहरी निरिक्षक दान बहादुर मगरको टोलि गएर शवलाई आवश्यक कानुनि प्रकिृया पुरा गरि पोष्टमार्टम गर्न जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी भईरहेको सुचना समन्वय अधिकृत तथा प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।

असुरक्षित रुपमा जमिनलाई नै छुने गरि फिँजाईको नाङ्गो तारलाई छुँदा करेन्ट लागेर श्रेष्ठको ज्यान गएको स्थानीयको भनाई छ । यस विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्