पेरिस सेन्ट जर्मेन लिग वान च्याम्पियन

पेरिस,३ बैशाख  / पेरिस सेन्ट जर्मेन पिएसजी० लिग वान च्याम्पियन बनेको छ । निकटम प्रतिद्वन्द्वी मोनाकोलाई गए राती ७–१ ले हराएसँगै पिएसजीले अन्तिम ५ खेलअघि नै यो सिजनको उपाधि पक्का गरेको हो । पिएसजीका लागि जिओभानी लो क्लेसो र एन्जल डी मारियाले समान २ गोल गरेको खेलमा इन्डिसन काभानी र जुनियर ड्र्याक्सलरले समान १ गोल गरे ।

राडामेल फल्काओले एउटा आत्मघाती गोल गरेका थिए । पिएसजीले पहिलो हाफमै ४–१ को अग्रता लिएको थियो । क्लेसोले १५ औं र २७ औं मिनेटमा गोल गरे भने काभानीले १७ औं र डी मारियालले १९ औं मिनेटमा गोल गरेका थिए । ४ मिनेटको बीचमा टोलीले ३ गोल गरेको थियो । रुनी लोपेसले ३८ औं मिनेटमा गोल फर्काएपनि डी मारियाले ५८ औं मिनेटमा अर्को गोल थपे ।

फाल्काउले ७६ औं मिनेटमा आत्मघाती गोल गर्दा ड्रयाक्सलरले खेल सकिन ४ मिनेट बाँकी रहँदा गोल गरेका थिए । पाँच खेल बाँकी रहँदा पिएसजीको ८७, मोनाकोको ७० र तेस्रो स्थानको ६६ अंक छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्