हिउँ परेपछिको पाथीभरा मन्दिर (तस्विरमा हेर्नुहोस्)

ताप्लेजुङ । पाथीभरा नेपालको एक प्रसिद्ध तीर्थस्थल हो । शक्तिकी स्वरुप देवीको आराधना गर्ने भक्तजनहरुका लागि महत्वपूर्ण धार्मिकस्थल पाथीभरा मन्दिर पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा पर्दछ ।
विश्वास एवं आस्थाकी देवी पाथीभराको यो पवित्रस्थल समुद्री सतहबाट ३७९४ मिटर उचाईमा अवस्थित छ । यो मन्दिर अन्न भरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पहाडको शिखरमा छ ।
पवित्र मनले चिताएको पूरा हुने विश्वास गरिएकाले यस मन्दिरमा वर्षभरि दर्शनार्थी एवम् भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
यस मन्दिरबाट विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजंघासहित पूर्वि नेपालका धेरै हिमश्रृंखलाहरुको अवलोकन गर्न सकिन्छ ।
यस क्षेत्रमा करिव २५ प्रजातिका लालीगुँरास पाइन्छन् । पाथीभरा क्षेत्रमा पाइने विभिन्न प्रकारका जडीबुटी, चराचुरुङ्गी र वन्यजन्तुहरुले यस क्षेत्रको जैविकतालाई झल्काउँछन् ।
यो क्षेत्र विश्वबाट लोपोन्मुख रेडपाण्डाको वासस्थान हो । पाथीभरा क्षेत्रको सुन्दरतामा डाँफे, मुनाल जस्ता चराहरूले थप सौन्दर्यता थपेका छन् । बाह्रै महिना पाथीभराको दर्शन गर्न सकिन्छ ।
असोज, कात्तिक, मङ्सिर महिना र चैत्र, वैशाख, जेठ महिनामा तिर्थालुहरुको अत्याधिक भीड हुने गर्छ ।
आईतबार पाथीभरा क्षेत्रको काफ्लेपाटी, माथिल्लो फेदी, तेस्रो तथा पाथीभरा मन्दिरमा परेको हिउँ मंगलबार सम्म पनि बिलि सकेको छैन ।
पाथिभरा क्षेत्रमा यो वर्ष पहिलो पटक हिउँ परेकाले हिउँमा रमाउनेहरुको घुँईचो लागेको छ ।
तस्विरमा हेर्नुहोस् ।

तस्विरहरु: एलिना दियाली


प्रतिक्रिया दिनुहोस्