मोटरसाईकलको ठक्करवाट एक वालिका घाईते

ताप्लेजुङ संबादाता

ताप्लेजुङ / सदरमुकाम फुङलिङमा मोटरसाईकलको ठक्करवाट एक वालिका घाईते भएकी छिन् । फुनपा- २, जोरवाटो भन्ने स्थानमा को १८ प ७६९९ नम्वरको मोटरसाईकलले पौदल यात्री याङगी शेर्पाकी छोरी ९ वर्षीया निनिला शेर्पा लाई ठक्कर दिएको हो । घाईते वालिकाको टाउको तथा शरिरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चार शाखाले जानकारी दिएको छ । वालीकाको तमोर अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाईकल  चालक २३ वर्षिय आशिस राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

-पदम श्रेष्ठ


प्रतिक्रिया दिनुहोस्