ताप्लेजुङको एक गाँउमा आगलागि हुँदा २ लाख वढीको क्षति

ताप्लेजुङ संवादाता

ताप्लेजुङ / ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका वडा नम्वर एक नाङ्खोल्याङमा गएराती एक घरमा आगलागि हुँदा दुई लाख वढीको क्षति भएको छ । सो ठाउँ निवासी लक्ष्मण राईको एक तले घरमा अचानक आगलागी हुँदा सो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । आगलागीका कारण घर र घरभित्रका सम्पूर्ण सामान जल्दा दुई लाख दश हजार वरावरको क्षति भएको वताईएको छ । आगलागीवाट मानविय क्षति भने नभएको प्रहरीको भनाई छ । आगलागी स्थानियको सक्रियतामा तिन घण्टा पछि नियन्त्रणमा लिईएको थियो ।

-पदम श्रेष्ठ


प्रतिक्रिया दिनुहोस्