रेडियो काबेलीकर्मी दिनेश निर्देशित ‘सुकेटारको डाँडैमा’ सार्वजनिक (भिडियोसहित) 

ताप्लेजुङ । रेडियो काबेलीका सञ्चालक समितिका सचिव तथा सञ्चारकर्मी दिनेश लिङ्खिम निर्देशित  ‘सुकेटारको डाँडैमा’ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

ताप्लेजुङको पर्यटकीय स्थानमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियो आज फुङलिङमा एक कार्यक्रमको आयोजना गरी चर्चित गायक तथा गायन समाज ताप्लेजुङ-काठमाडौंका अध्यक्ष दीपक लिम्बूको उपस्थितमा सार्वजनिक गरिएको हो । 

विजय लिम्बू र विनुसा राईको  आवाज रहेको उक्त गीतको म्युजिक भिडियो भावसागर इन्टरटेनमेन्ट नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतको शब्द रचना सिता लिम्बूले गरेकी हुन् । 

भिडियोमा निर्देशक स्वयम् लिङ्खिम सहित प्रिन्स साम्सोहाङ, विमु मादेन र पुष्पा थेबेको अभिनय रहेको छ । भिडियोको छायाङ्कन तथा सम्पादन सुबास लिम्बूले गरेका हुन् । भिडियो ताप्लेजुङ जिल्लाको पर्यटकीय क्षेत्र सुकेटार, काबेली लगायतका स्थानमा छायाङ्कन गरिएको छ ।

भिडियो


प्रतिक्रिया दिनुहोस्