पेट्रोलियम पदार्थको मुल्य बृद्धि, कती पुग्यो मुल्य ?

काठमाडौं / पेट्रोलियम पदर्थाको मुल्य बृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको हो। बढेको मूल्य अनुसार अब पेट्रोलको भाउ प्रतिलिटर १ सय ६ रुपैयाँ र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । निगमले यसअघि चैत १९ गते मात्र पेट्रोल र डिजेल तथा मट्टितेलको भाउ दुई रुपैयाँले बढाएको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा नेपालमा पनि मूल्य समायोजन हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्