मिक्वाखोला गाउँपालिकाद्धारा याक वितरण

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले याक किसानलाई प्रोत्साहन गर्न याकका बाच्छा÷बाच्छी वितरण गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा याक किसानको लागि बिनियोजित ८ लाख रुपैँया बजेटबाट १२ वटा याकका बाच्छा बाच्छी खरिद गरि वितरण गरिएको गाउँपालिका अध्यक्ष भक्त बहादुर कार्कीले बताए ।


गाउँपालिका अध्यक्ष कार्की उपाध्यक्ष डण्डु लामा, ४ नम्बर वडा अध्यक्ष सदन कुमार साँबा, ५ नम्बर वडा अध्यक्ष ग्यान्जे शेर्पा र योजना शाखा प्रमुख गजेन्द्र थलङले किसानको गोढ गोढ मै पुगरे याकको बाच्छा÷बाच्छी वितरण गरेका हुन् । चरन अभावले याक किसानहरु घट्ने क्रममा रहेकाले पशुपालन व्यवसायलाई संरक्षण एव् प्रवद्र्धन गर्न प्रोत्साहन स्वरुप पालिकाले याकका बाच्छा÷बाच्छी वितरण गरेको उपाध्यक्ष लामाले बताए । उनका अनुसार पालिकाले गत आर्थिक वर्षमा पनि २० लाख बजेट विनियोजन गरि २७ वटा याकका बाच्छा÷बाच्छी किसानलाई वितरण गरेको थियो भने गत वर्ष छुटेका किसानलाई यस वर्ष वितरण गरिएको हो । विशेष गरि मिक्वाखोला गाउँपालिकाको पापुङ र तोक्पे गोला क्षेत्रका ४० घर किसानहरुले व्यवसायिक रुपमा याक पालन गर्दै आएका छन् । याकको बाच्छा÷बाच्छी पाएपछि याक किसान भने खुसि भएका छन् ।


प्रतिक्रिया दिनुहोस्