“जिल्ला अस्पताल ताप्लेजुङलाई टिचिङ कलेजकोे रुपमा विकास गरौँ”:मैवाखोला अध्यक्ष वनेम


ताप्लेजुङ । मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जिल्ला अस्पताल ताप्लेजुङलाई टिचिङ कलेजकोे रुपमा विकास गर्न प्रस्ताव गरेका छन् । अध्यक्ष वनेमले सामाजिक सञ्जाल फेस्बुकमा हेल्थ असिस्टेन्ट र बिएससी नर्सिङ पठनपाठन गराउन सक्ने गरि जिल्ला अस्पताललाई टिचिङ कलेजको रुपमा विकास गर्न सरोकारवालाहरु सँग प्रस्ताव गरेका हुन् ।

उनले फेस्बुकमा लेखेका छन्“ ताप्लेजुङको एक मात्र जिल्ला अस्पताललाई अब कम्तिमा हेल्थ असिस्टेन्ट र बिएससी नर्सिङ पठनपाठन गराउन सक्ने टिचिङ कलेजको रुपमा विकास गर्न यहाँ स्थित नौ वटै स्थानीय सरकारहरुको बिचमा साझेदारी गरौँ । स्थानीय,प्रदेश र संघीय सरकारहरुको सहमति र साझेदारीमा समेत अस्पतालको विकास गरौैँ ।”


साथै उनले जिल्ला भित्रै टिचिङ अस्पताको विकास गर्न सके ताप्लेजुङमा नै विशेषज्ञ सेवा सहितको सुबिधा सम्पन्न अस्पाल भई ठुला सहरका निजि अस्पालमा जानु पर्ने बाध्यताको अन्त्य हुने भएकाले जिल्ला अस्पताललाई टिचिङ अस्पतालको रुपमा विकास गर्न जिल्लाबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने जनप्रतिनीधिहरु,जिल्ला समन्वय समिति र स्थानीय सरकारहरुको बिचमा सहकार्य गरेर अघि बढ्नु आवश्यक रहेको उल्लेख गर्दै आफु सहकार्य गर्न तयार रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्