जनसांस्कृतिक महासंघ ताप्लेजुङको अध्यक्षमा उत्सव साँवा

ताप्लेजुङ । जनसांस्कृतिक महासंघ ताप्लेजुङको अध्यक्षमा उत्सव साँवा चयन भएका छन् । बिहिबार भएको महासंघको जिल्ला भेलाले साँवालाई अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा सीता गुरुङ लिम्बूू,सचिवमा कुशल तामाङ,सहसचिवमा रेनुका तुम्बाहाङ्फे, कोषाध्यक्षमा सुमन सानू कुरुम्बाङ सहित २१ सदस्य जिल्ला समिति सर्वसम्मतिले चयन भएको छ ।


नेकपा (माओवादी केन्द्र) जिल्ला संयोजक बिष्णु कुमार लिम्बूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य सुरज मादेनले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्